२२ असार २०८३, सोमबार

हिमालयन डिस्टिलरी ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’ बाट सम्मानित

साउन १०, २०८०
काठमाडौं
हिमालयन डिस्टिलरी ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’ बाट सम्मानित

हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो ।

काठमाडौंमा गत शुक्रवार आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज सवेदीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

null

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरूको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गररिहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीका सीईओ सुवेदीले जानकारी दिए ।

कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने भएको छ ।

मदिरा क्षेत्रमा उत्कृष्ट गुणस्तरीय मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सफल हिमालयन डिस्टिलरीका उत्पादनहरू गेल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला बजारमा अत्यन्त रुचाइएका मदिराहरू हुन् ।

salt training

कमेन्ट गर्नुहोस्