२६ जेठ २०८३, मंगलबार

श्रीमतीलाई घरको काममा सहयोग गर्नुस्, हुनुहुनेछ भाग्यमानी

कात्तिक २०, २०७४
श्रीमतीलाई घरको काममा सहयोग गर्नुस्, हुनुहुनेछ भाग्यमानी

काठमाडौं, २९ भदौ — घरको काम गर्नु महिलाको मात्र जिम्मेवारी हो भन्ने सामाजिक मान्यता छ । पुरुष प्रायः घरको काम गर्दैनन् ।


तर विज्ञहरूका अनुसार पतिले घरको काममा पत्नीलाई सहयोग गरेमा पत्नीसँग रोमान्सको मौका बढी प्राप्त हुन्छ ।

जर्मनीका एक हजार ३३८ जोडीहरूको अध्ययन गरेर निकालिएको निष्कर्षअनुसार घरको काममा सघाउने पुरुषहरूले आफ्नो पार्टनरसँग धेरै सम्बन्ध बनाउने मौका पाए र ती सम्बन्ध सन्तुष्टिदायक पनि थिए ।

यसको मनोवैज्ञानिक कारण भनेको पुरुषले काममा सहायता गर्दा महिलाहरूलाई राम्रो लाग्छ । महिलाहरूले आफूलाई सम्मान दिएको अनुभूति हुन्छ र जिम्मेवारी निर्वाह गरेको लाग्छ । अर्कोतर्फ पुरुषलाई पनि कमाइका अतिरिक्त पनि अर्को योगदान गरेको पनि अनुभूति हुन्छ ।

यसरी घरेलु काममा सहयोग गर्दा पतिपत्नीका बीचमा प्रेमभाव बढ्छ र रोमान्स तथा सेक्सको सम्भावनामा वृद्धि हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्