×

NMB BANK
NIC ASIA

पर्याप्त पानी नपर्दा झापामा रोपाइँ प्रभावित, साउन मध्य हुनै लाग्दा ७२ प्रतिशत मात्रै सकियो

झापा | साउन १०, २०८०

NTC
फाइल तस्बिर
Premier Steels

अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेको छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिए । 

Muktinath Bank

केही दिन अघिको तथ्याङ्कअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उनको भनाइ थियो । 'गत वर्षको तुलनामा छ–सात प्रतिशत रोपाइँ कम छ,' उनले भने, 'बिजुली आउँदै जाँदै गर्नाले समेत सिँचाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका छैनन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा गत वर्ष ८७ हजार हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा रोपाइँ हुने अनुमान उक्त कार्यालयले गरेको छ । जिल्लामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्नालगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।


Advertisment
Nabil box
Kumari

भद्रपुर नगरपालिका–४ का किसान महरसिंह राजवंशीले आफूले रोपाइँ सकेको बताए । उनले भने, 'रोपाइँ त सकियो अब पानी चाहिन्छ, चाहिएजस्तो पानी परेको छैन ।'

Vianet communication

रोपाइँपछि धानलाई पर्याप्त पानी चाहिने उहाँको भनाइ थियो  । जिल्लामा अघिल्ला वर्षहरूको तुलनामा मलको अभाव भने देखिएको छैन । 

यसैबीच सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ । सरकारले यस वर्ष बेलैमा धानको समर्थन मूल्य तोकेकामा आफूलाई खुसी लागेको कचनकवलकी किसान पुष्पा रिमालले बताइन् । 'किसानले आफूले उत्पादन गरेको धानको न्यूनतम मूल्य पनि नपाउने समस्या छ,' उनले भनिन्, 'यस पटक सरकारले बेलैमा न्यूनतम मूल्य निर्धारण गरेकाले किसानलाई राहत मिल्ने देखिन्छ ।'

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ६२ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय ३१ बढी हो ।

गत आवमा वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल दुई हजार नौ सय ६७ र मध्यम धानका लागि प्रतिक्विटल तीन हजार एक सय २८ तोकेको थियो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता मात्र धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x