०६ साउन २०८३, बुधबार

श्रीलंकाको ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित

साउन १०, २०८०
काठमाडौं
श्रीलंकाको ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित
प्रतिकात्मक तस्वीर

श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ ।
    
एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 
    
ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान ७ चौका र ७ छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् । अशान फेनान्डोले ५४ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए ।
    
नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान २/२ विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १९७ रनको योगफल बनाएको थियो ।
    
नेपालका लागि अर्जुन साउँदले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ११३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११/११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।
    
ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान २/२ विकेट लिए । अब नेपालले शुक्रवार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
 

कमेन्ट गर्नुहोस्