०६ असार २०८३, शनिबार

राजधानी दिल्लीमा गोली प्रहार गरेर महिलाको हत्या, घर गएर आत्महत्या

साउन १२, २०८०
काठमाडौं
राजधानी दिल्लीमा गोली प्रहार गरेर महिलाको हत्या, घर गएर आत्महत्या
प्रतिकात्मक तस्वीर

भारतको राजधानी दिल्लीमा गोली प्रहार गरेर महिलाको हत्या गरिएको छ ।

महिलाको हत्या गरेर घरतिर फरार भएका ती व्यक्तिले आफूमाथि पनि गोली प्रहार गरेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीको डाबरी क्षेत्रमा गोली प्रहारबाट ४२ वर्षीया रेनू गोयलको हत्या गरिएको हो । उनको घरनजिकै हत्या गरिएको छ । हत्यारा र महिला दुवै जना एकअर्कासँग परिचित रहेका जनाइएको छ ।

गोली प्रहार गर्ने व्यक्ति २३ वर्षीय आशिष हुन् । उनी पैदल आएर गोली प्रहार गरी घरतिर भागेका थिए । प्रहरीले उनको घरमा पुगेर खोजबिन गर्दा उनी घरभित्र मृत अवस्थामा भेटिए । उनले आफैंमाथि पनि गोली प्रहार गरेको पाइएको छ । मृतक दुवै जना एकै जिम हाउसमा जाने गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्