२९ जेठ २०८३, शुक्रबार

फिल्म ‘जय हो’को गीत ‘राजारानी’मा रोमान्टिक केकी र सलोन

साउन १२, २०८०
काठमाडौं
फिल्म ‘जय हो’को गीत ‘राजारानी’मा रोमान्टिक केकी र सलोन

भदौको ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’मा समावेश ‘राजारानी’ बोलको गीत सार्वजनिक गरिएको छ । 

शुक्रवार बिहान राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा फिल्मका दुई मुख्य कलाकारहरू अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेत प्रस्तुत छन् । सागर आले मगर र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा केकी र सलोन रोमान्टिक देखिएका छन् । 

शोभित बस्नेतको प्रस्तुति रहेको ‘जय हो’ फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । 

फिल्ममा केकी र सलोनसँगै अर्पण थापा, निशा अधिकारी माओत्से गुरुङ लगायतका कलाकारहरू शीर्ष भूमिकामा छन् । फिल्मको निर्माता सुरज सरकार र राज के. अधिकारी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्