
संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्था तैनाथ नेपाली शान्ति शैनिकको मृत्यु भएको छ ।
शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको साउन ११ गते मृत्यु भएको हो ।
जाजरकोटको खलङ्गा गाउँपालिका, वडा नम्बर ६ स्थायी ठेगाना भएका अमल्दार बाँठा स्थानीय रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।