१० असार २०८३, बुधबार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, यातायात सञ्चालनमा

साउन १३, २०८०
काठमाडौं
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, यातायात सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालन भएको छ । सडकखण्डको कालीखोलामा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको थियो ।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्