११ साउन २०८३, सोमबार

विश्वप्रकाशलाई प्रदीप ज्ञवालीको जवाफ- भ्रष्टाचारमा डामिएको नेतालाई निलम्बन गर्नुस् भनेर खै प्रश्न उठाएको ?

साउन १४, २०८०
काठमाडौं
विश्वप्रकाशलाई प्रदीप ज्ञवालीको जवाफ- भ्रष्टाचारमा डामिएको नेतालाई निलम्बन गर्नुस् भनेर खै प्रश्न उठाएको ?

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवाहरू केपी ओलीमाथि प्रश्न गर्न नसक्ने भन्दै गरेको कटाक्षको जवाफ फर्काएका छन् । 

आइतवार एमालेको सुदूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले भ्रष्टाचारमा डामिएको नेतालाई शर्माले निलम्बन गर्नुस् भन्न नसकेको भन्दै उल्टै प्रश्न गरेका हुन् । 'हामीले भुटानी शरणार्थी प्रकरणमा हाम्रा एक जना नेतामाथि प्रश्न उठ्नेवित्तिकै अनुसन्धानमा सहयोग होस् भनेर निलम्बन गयौँ, तर एउटा पार्टी आफ्नो नेता जेल परिसक्यो निलम्बनसम्म गर्दैन्,' उनले भने, 'त्यही पार्टीका एक नेताले भनेछन्, एमालेका युवाहरू कामै लागेनन्, प्रश्नै गर्न सक्दैनन् । भ्रष्टाचारमा डामिएको नेतालाई निलम्बन गर्नुस् भनेर खै साथी प्रश्न उठाएको ?'

यसअघि शनिवार कांग्रेस महामन्त्री शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका थिए । कांग्रेसका युवाहरूले पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्