३० जेठ २०८३, शनिबार

काठमाडौंसहित २० जिल्लाका नदीमा बहाब बढ्ने, दोलखा र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको जोखिम

साउन १७, २०८०
काठमाडौं
काठमाडौंसहित २० जिल्लाका नदीमा बहाब बढ्ने, दोलखा र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको जोखिम
फाइल तस्वीर

आज (बुधवार) दोलखा र सिन्धुपाल्चोक आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ । यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै, आज काठमाडौं उपत्यकासहित संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट आसपास भई बहने स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । 

यी क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने पूर्वानुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्