०३ साउन २०८३, आइतबार

बेइजिङमा १४० वर्षयताकै भारी वर्षा, १३ करोड चिनियाँ प्रभावित

साउन १७, २०८०
काठमाडौं
बेइजिङमा १४० वर्षयताकै भारी वर्षा, १३ करोड चिनियाँ प्रभावित

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा १४० वर्षयताकै मुसलधारे वर्षा भएको छ । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर  वर्षा भएको छ ।  सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । 

राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखि मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । 

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । 

साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलवार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्