
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।
बुधवार निर्माणाधीन संसद् भवनको भौतिक प्रगति विवरण लिँदै सभामुख घिमिरेले अपेक्षाकृत प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘योभन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचना प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने कि खर्च भन्ने त्यो भएको थियो । अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो,’ सभामुख घिमिरेले भने, ‘पेमेन्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ ।’
हिउँदे अधिवेशनको काम नयाँ भवनबाट हुन्छ जस्तो नलागेको भन्दै उनले कामको स्पिड निकै कम भएको बताए । ‘कामको स्पिड धेरै गएको छैन । अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेन्ट गर्न गाह्रो छ । त्यो देखेर ठेकेदारले नापी–नापी गरिरहेका छन्,’ उनले थपे ।
कामलाई गति दिन उनको निर्देशन छ ।