०७ असार २०८३, आइतबार

राम रहीमकी हनीप्रीत कहाँ लुकेकी छन् ? यी व्यक्तिले गर्नेछन् खुलासा

कात्तिक २०, २०७४
राम रहीमकी हनीप्रीत कहाँ लुकेकी छन् ? यी व्यक्तिले गर्नेछन् खुलासा

काठमाडौं, ३० भदौ — डेरा सच्चा सौदाका साध्वीहरूलाई बलात्कार गरेको आरोप पुष्टि भएपछि गुरमीत राम रहीम रोहतक जेलमा २० वर्षको कारावास सजाय काटिरहेका छन् ।


प्रहरीले अहिले राम रहीमको प्रियपात्र हनीप्रीतलाई खोजिरहेको छ । बिहीवार प्रहरीले राम रहीमको दाहिने हात मानिने दिलावर इन्सालाई पक्राउ गरेको थियो । दिलावरलाई हनीप्रीत कहाँ लुकेकी छन् भन्ने थाहा भएको विश्वास छ ।

पञ्चकुलामा भएको हिंसाको मास्टरमाइन्ड दिलावर नै थियो । उसमाथि दंगा भड्काउने तथा षड्यन्त्र रच्ने आरोप लागेको छ ।

दिलावर राम रहीमको नजिकको मानिस हो र उसलाई धेरै रहस्य थाहा छ ।

प्रहरीले राम रहीमका तीन बन्दुकधारीहरूलाई पनि पक्राउ गरेको छ । तीनै आरोपितहरू प्रहरी हुन् ।

राम रहीम दोषी ठहरिएपछि उसलाई अदालतबाट भगाउने कोशिश गरेको आरोप उनीहरूमाथि छ ।

तीनै आरोपितमाथि देशद्रोहको मुद्दा चल्नेछ । यिनीहरूसँग हतियार पनि भएको शंका छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्