२९ जेठ २०८३, शुक्रबार

विगतमा भएका सहमति विधेयकमा नसमेटिए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

साउन १८, २०८०
काठमाडौं
विगतमा भएका सहमति विधेयकमा नसमेटिए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमति ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेट्न आग्रह गरेको छ ।

महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बाल कक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरी सङ्घीय संसद्‌मा पेश गर्ने निर्णय गरेको छ भने विधेयक सार्वजनिक भएको छैन ।

महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधवार जारी गरेको विज्ञप्तिमा मस्यौदामा आफूहरूसँग भएका सहमति र माग सम्बोधन हुनुपर्ने उल्लेख छ । “धोका भएका हामी पुनः आन्दोलनका कार्यक्रमसहित आउन बाध्य हुनेछौं”, विज्ञप्तिमा भनिएको छ, “हामी मुख्य सरोकार पक्षसँग सरकारले आधिकारिकरुपमा मस्यौदामा छलफल र संवाद गर्न चाहेमा हामी तयार छौं ।”

salt training

कमेन्ट गर्नुहोस्