
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागीहरूलाई बाग्मती स्वीट्सको खाजा व्यवस्था गरिएको छ ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधवारदेखि जारी केन्द्रीय समिति बैठकमा सहभागीहरूलाई बागमती स्वीट्सको खाजाको प्याकेट बाँडिएको छ ।
खाजाको प्याकेटमा खीर, स्वीट कर्न, चना र एउटा केरा राखिएको छ । बैठकमा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्ष, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च लगायतका गरी झण्डै ८ सय सहभागी छन् ।
बैठक साँझ अबेरसम्म चल्ने भएकाले केन्द्रीय सदस्यहरूलाई खाजाको व्यवस्था गरिएको एक पदाधिकारीले जानकारी दिए ।
केन्द्रीय सदस्य, सहयोगी र स्वयंसेवक गरी झण्डै १ हजार जनाका लागि खाजा व्यवस्था गरिएको छ ।
बुधवार शुरू बैठक साउन २१ गते आइतवारसँम्म चल्ने माओवादीले जनाएको छ ।