२९ जेठ २०८३, शुक्रबार
नयाँ प्रधानन्यायाधीशको खोजी

प्रधानन्यायाधीश सिफारिश गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

साउन १८, २०८०
काठमाडौं
प्रधानन्यायाधीश सिफारिश गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार परिषद्को बैठक बसेको हो ।

यसअघि मंगलवार पनि परिषद् बैठक बसेकोमा कुनै निर्णय हुन सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद् बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र उपसभामुख इन्दिरा राना सहभागी छन् । 

प्रधानन्यायाधीश कार्कीको कार्यकाल २० गते सकिँदैछ । परिषद्ले वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्