२४ जेठ २०८३, आइतबार

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता ​

साउन १८, २०८०
काठमाडौं
इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता ​

इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि शुरु भएको छ । स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा ठूलो फड्को मारेको इसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ । 

सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले ट्र्याङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सक्ने छन् । साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हवार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरेका छन् ।

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

२००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो । इसेवा को वन–स्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्सहरू प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देश व्यापी रुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआरमार्फत ग्राहकहरूबाट डिजिटल भुक्तानी लिने सुविधा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्