२६ जेठ २०८३, मंगलबार

किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

साउन १८, २०८०
काठमाडौं
किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

उद्यमशिलता शिक्षामा अग्रणी काठमाडाैंस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।

पछिल्लो समय सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र वैज्ञानिक अनुसन्धान केन्द्र, नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परीक्षणात्मक तालिम कक्षा संचालन गर्ने जनाएका छन् । भने यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालन गर्ने बताइएको छ ।

व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि किंङ्स कलेज र नामीले हातेमालो गरेका हुन् ।

शुरुवाती चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ विधामा काम गरिरहेकाहरूलाई लक्षित गरेता पनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो–कसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ ।

तथापि यस कार्यक्रममा सहभागी हुन चाहनेहरूले पाइथन प्रोग्रामिङ चलाउन जानेको हुनुपर्ने छ । ‘शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितिको सामना गर्न सक्षम गराउनुका साथसाथै समय सान्दर्भीक शिप तथा सामर्थ्यको विकासमा घसाउनुपर्दछ भन्ने हाम्रो सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल भने, ‘पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भैरहेको एआईको क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो ।’

कलेजले शिक्षालाई परम्परागत चार कोठे सिकाइ प्रणालीको रुपमा मात्र सीमित नराखी आधुनिक समाजमा देखा परिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरूबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रवृत्तिहरूलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्‍याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरू सञ्चालन गरिरहेको अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्