
पार्टीका उपमहासचिवद्वय मातृका यादव र गिरिराजमणि पोखरेलको द्वन्द्वले मधेशमा साह्रै अप्ठ्यारो परेको भन्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा कुरा उठेको छ ।
प्रज्ञा भवन कमलादीमा जारी बैठकको तेस्रो दिन शुक्रवार केन्द्रीय सदस्य रामकुमार शर्माले यादव र पोखरेलको द्वन्द्वका कारण पार्टी अप्ठ्यारोमा परेको बताएका हुन् ।
'तराई मधेशमा मातृका यादव र गिरिराजमणि पोखरेलबीचको द्वन्द्वले साह्रै अप्ठ्यारो पर्यो । अनुकूल हुँदा मिल्नु पनि हुन्छ, आफ्नो अनुकूल नहुँदा गुट परिचालन गर्नुहुन्छ,' शर्माले भने ।
पोखरेल मन्त्री हुँदा पनि मधेशका लागि केही नगरेको गुनासो समेत उनले गरे ।
'उहाँ (पोखरेल) मन्त्री हुँदा पनि मधेशमा केही गर्नुभएन । आफ्नो जिल्ला (महोत्तरी)मा केही गरे पनि अन्य जिल्लालाई पूरै बेवास्ता गर्नुभयो,' शर्माले भने ।