१० असार २०८३, बुधबार

बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलन शुरु

साउन १९, २०८०
बुटवल
बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलन शुरु

बुटवलमा शुक्रवारदेखि दुई दिने धर्म, ज्योतिष एवं वास्तु सम्मेलन शुरु भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै मुक्तिनाथ धामका संरक्षक १००८ लोकानन्द स्वामी महाराजले ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताए । धर्म सभा आफैंमा पूर्ण हुने भन्दै उनले ज्योतिषलाई चिन्न र मनन गर्न व्यवहारमा लागु गर्न सुझाव दिए ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामग्री भण्डार बुटवलको सह–आयोजनामा भएको सम्मेलनमा प्राडा देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै उप प्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा वैदेशिक यात्रासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण वास्तु र जीवन प्रशिक्षण बारे डा. माधवमंगल जोसी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपाल र भारतका गरी पाँच सयभन्दा बढी ज्योतिषीहरूको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्राडा. नारायण गौतमलगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रूचि राख्ने र तत्वसम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी रहेको कार्यक्रम संयोजक सुन्दर भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्