२४ जेठ २०८३, आइतबार

लन्डनको अन्डरग्राउन्ड स्टेसनमा विस्फोट, केही यात्रुको अनुहार डढ्यो

कात्तिक २०, २०७४
लन्डनको अन्डरग्राउन्ड स्टेसनमा विस्फोट, केही यात्रुको अनुहार डढ्यो

काठमाडौं, ३० भदौ — लन्डनको एक भूमिगत रेल स्टेसनमा शुक्रवार विस्फोट हुँदा केही यात्रुको अनुहार डढेको छ ।


रोयटर्स समाचार संस्थाका अनुसार पश्चिमी लन्डनको पार्सन्स ग्रीन स्टेसनमा यो घटना भएको प्रहरीले बताएको छ ।

प्रहरी अधिकारी तथा स्वास्थ्यकर्मीहरू घटनास्थलमा पुगिसकेको पनि प्रहरीको भनाइ छ ।

लन्डन एम्बुलेन्स सर्भिसकी सहायक निर्देशक नताशा विल्सले पार्सन्स ग्रीन अन्डरग्राउन्ड स्टेसनमा घटना भएको भनी

आफूहरूलाई बिहान साढे आठ बजेतिर कल आएको बताइन् ।

यो बम विस्फोट हो कि होइन भन्ने विषयको अनुसन्धान भइरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्