२६ जेठ २०८३, मंगलबार

उत्तर कोरियाका नेता किम जोन उनको हत्या योजना, यस्तो छ वास्तविकता

कात्तिक २०, २०७४
उत्तर कोरियाका नेता किम जोन उनको हत्या योजना, यस्तो छ वास्तविकता
काठमाडौं, ३० भदौ– उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा परमाणु परीक्षण गरेपछि सार्वजनिक भएको एक रिपोर्टका अनुसार दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोन उनको हत्याका लागि विशेष दस्ताको स्थापना गर्न अनुमति दिएको छ ।

यदि यो कुरा साँचो हो भने यो कदम दक्षिण कोरियाली राष्ट्रपति मून जे इनको विदेश नीतिमा आएको महत्वपूर्ण परिवर्तन हो ।

उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा सफल परमाणु परिक्षण गरेको दाबी गरेको थियो जुन उसको छैटौं परमाणु परिक्षण हो ।

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले यसै वर्ष जुलाईमा जर्मनीको राजधानी बर्लिनमा कोरियाली प्रायद्वीपमा स्थाई शान्ति स्थापना गर्ने, उत्तर कोरियाको विनाश रोक्ने बताएका थिए । तर रिपोर्टका अनुसार उनको व्यवहारमा भने त्यस्तो देखिएको छैन । उन उत्तर विरुद्ध आक्रामक रुपले अगाडि बढेका छन् ।

नीतिमा परिवर्तन ?

उत्तर कोरियासँग कुराकानीका लागि वातावरण मिलाइरहेका नेता मून जे इनको नीतिमा अचानक यस्तो परिवर्तन किन आयो ?

उत्तर कोरियालाई रोक्न सैन्य उपाय र अमेरिकी राष्ट्रपतिका चेतावनी असफल भएपछि सियोलका नेता डराएका छन् । किनकी यीमध्ये कुनै पनि तरिका प्योंगयांगलाई आफ्नो सेनालाई आधुनिकीकरण गर्न रोक्न सफल भएको छैन ।

उत्तर कोरियाले थप परमाणु परिक्षण गर्ने कुरा लगभग निश्चित नै मान्न सकिन्छ ।

उत्तर कोरियाले शुक्रबार स्थानीय समयानुसार बिहान ६ बजेर ५७ मिनेटमा जापानतर्फ आफ्नो सातौं मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाका नेता किम जोंग उनको ज्यानको खतरा देखाएर दक्षिण कोरियाले आफूमाथिको जोखिमलाई कम गर्ने आशा गरिरहेको त छैन ? तर के यो धम्कीले उत्तर कोरिया डराउला त ?

यसअघि उत्तर कोरियाका नेताले यस्तो प्रकारको खतरालाई गम्भीरतापूर्वक लिएका छन् ।

सन् १९९३ मार्चमा जब उत्तर कोरिया र अमेरिकाबिचको तनाव चरम स्थितीमा थियो तब किम जोन–उनका पिता किम जोन–इलले करिब एक महिना एक सुरक्षित बंकरमा बिताएका थिए । यो त्यो अवस्था थियो जब उत्तर कोरियाले परमाणु अप्रसार सन्धीबाट पछि हट्दै युद्धको स्थिती पैदा गरेको थियो ।

अमेरिकालाई भड्काएको डरले किम जोन–इल लुक्नुपरेको थियो तर यति हुँदै हुँदै पनि उत्तर कोरियाको रवैयामा कुनै परिवर्तन आएन ।

उत्तर कोरियाको इतिहास हेर्ने हो भने विदेशको दबाब हेर्दै नेताले थुप्रै रचनात्मक तरिका अपनाएका छन् । जतिबेला विदेशबाट हमलाको खतरा देखियो तब यो देशका उन्माद नेताको हौसला बढेको छ ।

गत मे महिनामा उत्तर कोरियाले अमेरिकामाथि उत्तर कोरियाली नागरिकलाई किम जोन उनमाथि जैविक हमला गर्नका लागि घुस दिन सिआइएलाई भड्काएको आरोप लागेको थियो ।

उत्तर कोरियाको दाबीलाई पुष्टि गर्न त मुश्किल छ तर यो उत्तर कोरियाको आफ्नै षड्यन्त्रबाट ध्यान हटाउने प्रोपोगान्डा पनि हुनसक्छ । उदाहरणको रुपमा गत फेब्रुअरीमा किम जोंग उनका दाइ किम जोंग–नमको एक घातक नर्व एजेन्टबाट गरिएको हत्यालाई हेर्न सकिन्छ ।

किम जोंग उनमाथि हमलाको योजनाको विषयमा दक्षिण कोरियाले निकै सचेत रहनुपर्छ किनभने यदि किमको हत्याको कोसिस असफल रह्यो भने उत्तर कोरियाले सिमित सैन्य कारवाही जस्तो कदम उठाउन सक्छ । यस्तोमा यो संघर्ष पूर्ण परमाणु युद्धमा परिवर्तन हुनसक्छ ।

किम जोंगको हत्याको योजना सफल हुने सम्भावना निकै कम छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले केही समय अघि सामरिक परमाणु हतियारलाई पुनः ल्याउने विषयलाई समर्थन गरेका थिए, यद्यपी सरकार उक्त कदमको पक्षमा थिएन किनभने मून जे इनको सरकारलाई डर छ कि यसले क्षेत्रमा हतियारको होड बढ्नेछ जसले नोक्सानी र अस्थिरताको स्थिती सृजना गर्नसक्छ ।

salt training

कमेन्ट गर्नुहोस्