२१ जेठ २०८३, बिहीबार

ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्‌को निर्णयमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

साउन २१, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्‌को निर्णयमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
फाइल फोटो

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्‌मा निर्णय गर्नेहरूमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।

सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ ।​

ललिता निवास जग्गा प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । 

‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ’ आदेशमा भनिएको छ ।

सर्वाेच्चले मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरू, मन्त्रालय स्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारीमाथि अनुसन्धान गर्न भनेको छ ।

साथै थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्न पनि आदेशमा भनिएको छ ।

यस्तो छ आदेश

 

salt training

कमेन्ट गर्नुहोस्