२६ जेठ २०८३, मंगलबार

दक्षिणी इराकमा भएका आक्रमणहरुमा ८३ को मृत्यु

कात्तिक २०, २०७४
दक्षिणी इराकमा भएका आक्रमणहरुमा ८३ को मृत्यु
बाग्दाद, ३० भदौ - इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएका कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको समाचार छ । 


साथै ती आक्रमणहरुबाट अन्य ९३ जना घाइते भएका पनि प्रान्तीय चिकित्सक स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ । 

घी कार प्रान्तको फदाक क्षेत्रमा भएको कारबम आक्रमण र गोली प्रहारमा परी ८३ जनाको मृत्यु हुनको साथै ९३ जनाको घाइते भएका छन्– उक्त चिकित्सक स्रोतले जनाएको छ । 

घाइतेमध्ये कैयाँैको अवस्था चिन्ताजनक रहेको प्रान्तीय स्वास्थ्य विभागका प्रमुख जसिम अल खालेदीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

यस आक्रमणमा परी कैयौँ इरानीको हताहत भएको खालेदीले जनाकारी दिनुभएको छ । तर उनीहरु कतिजना छन् भन्ने कुरा भने बताइएको छैन । 

इराकको राजधानी बग्दादबाट ३७५ किलोमिटर दक्षिणमा पर्ने नस्रियाहको पश्चिमी क्षेत्र फदाकमा रहेको रेष्टुरेन्ट र त्यसको वरपर कारबम आक्रामण भएको जनाइएको छ । 

आक्रमणकारीहरुसँग इराकी सुरक्षाबलको पनि झडप भएको बताइएको छ । यस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको छ । 

सो समूहले अनलाइन विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको छ । उक्त आतङ्ककारी संगठनले यसअघि पनि सो क्षेत्रमा बारम्बार हमलाको चेतावनी दिने गरेका थियो । रासस÷सिन्ह्वा 

salt training

कमेन्ट गर्नुहोस्