२६ जेठ २०८३, मंगलबार

बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

साउन २२, २०८०
काठमाडौं
बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काको सरकारले देशभर  बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन् ।

 राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन्।

श्रीलङ्काले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ। 

यद्यपि विद्युत उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू  अबलम्वन पनि गरिरहेको छ । 
श्रीलङ्काले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्छ।

salt training

कमेन्ट गर्नुहोस्