
कास्कीको पोखरा महानगरपालिकाको फोहोर १३ दिनपछि मंगलवार बिर्सजन गरिएको छ ।
पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर बिसर्जन गरिएको हो ।
स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहोर त्यसै थन्किएको थियो । पोखरा बजार फोहोरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।
महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा छलफल गरिएको थियो ।
महानगर प्रमुख आचार्यले फोहोरमैलाको दीगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरू गरिएको जानकारी दिए । स्थानीयले फोहोर बिसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर बिर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।