१० असार २०८३, बुधबार

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध, श्रम स्वीकृतिका काम ठप्प

साउन २४, २०८०
काठमाडौं
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध, श्रम स्वीकृतिका काम ठप्प
फाइल फोटो

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलवारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रवारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो ।

अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्