२६ जेठ २०८३, मंगलबार

यश कुमारको गीत ‘सुस्तरी’ हेरेपछि केपी ओलीले भने – सुस्तरी होइन, एकै पटक मन छोयो

साउन २४, २०८०
काठमाडौं
यश कुमारको गीत ‘सुस्तरी’ हेरेपछि केपी ओलीले भने – सुस्तरी होइन, एकै पटक मन छोयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक यश कुमारको पछिल्लो गीत ‘सुस्तरी’को प्रशंसा गरेका छन् । 

बुधवार गीतको भिडियो आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै ओलीले लेखेका छन्, ‘कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरीबीचको रोचक प्रेमकथा ।’

ओलीले गीत हेर्न समेत अनुरोध गरेका छन् । 

यश कुमारले अनु चौधरीसँगको युगल स्वरमा मंगलबार ‘सुस्तरी’ शीर्षकको म्युजिकल फिल्म सार्वजनिक गरेका थिए । भिडियोमा यशसँगै अनु थापा, राजेश घतानी, पञ्ची तामाङ, अनिता लामा लगायतले अभिनय गरेका छन् । 

यशकै कथा एवं निकेश खड्काको निर्देशनमा भिडियो तयार भएको हो । युटयुबमा गीतले राम्रो प्रशंसा पाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्