२९ जेठ २०८३, शुक्रबार

ल्यारक्यालको बचाउ गर्दै सरकारकी प्रवक्ताले भनिन्– सफाइ पाएपछि नियुक्ति दिइएको हो

साउन २४, २०८०
काठमाडौं
ल्यारक्यालको बचाउ गर्दै सरकारकी प्रवक्ताले भनिन्– सफाइ पाएपछि नियुक्ति दिइएको हो

लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यारक्याल लामाले सफाइ पाइसकेकाले उनलाई नियुक्ति दिइएको दाबी सरकारकी प्रवक्ता रेखा शर्माले गरेकी छन् ।

एकपटकको आरोपित सधैं दोषी नहुने भन्दै उनले ल्यारक्यालको बचाउ गरिन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी प्रवक्ता शर्माले आगामी दिनमा गर्ने काम हेरेर उनको मूल्यांकन हुनुपर्ने बताएकी हुन् । 

‘लुम्बिनी विकास कोषमा भएको नियुक्ति सम्बन्धमा कानूनीभन्दा पनि भावनात्मक कुरा उठाइएको छ । एउटा आरोपितले सफाइ पाएको छ भने सधैंभरी उसलाई आरोपित भनिराख्न मिल्दैन । अब गर्ने कामका आधारमा मूल्यांकन गर्नुपर्छ । फेरि विवादमा आए राज्य छ, ऐन/कानून छ,’ मन्त्री शर्माले भनिन्, ‘कानूनी रूपमा गलत गर्‍यो भन्ने ठाउँमा सरकार छैन ।’ 

विवादमा तानिँदै आएका लामालाई सरकारले हालै कोषको उपाध्यक्ष नियुक्त गरेको थियो ।

सो विषयलाई लिएर माओवादीकै कार्यकर्ताले समेत विरोध जनाइरहेका छन् ।

‘कानूनीरूपमा सफाइ पाएपछि नियुक्ति दिने कुरा भएको हो, आगामी दिनमा उहाँका काम हेरेर थप मूल्यांकन गरौंला,’  उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्