
महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बुधवार बिहान पक्राउ गरेको हो ।
‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।
सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परें, यसमा मलाई गर्व छ’ भनी लेखेका छन् ।
बुधवारै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दावाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगस्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।