०६ असार २०८३, शनिबार

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता, आज काठमाडौं पुग्दै

साउन २६, २०८०
काठमाडौं
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता, आज काठमाडौं पुग्दै

अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । 

वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्‍याएका ती सामग्री भन्सार तथा बोर्डर प्रोक्टेक्सन (सीबीपी) ले बरामद गरेको हो । सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।

दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ । सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ ।

कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल पुर्‍याउन लागिएका ती सामग्री शनिवार काठमाडौं पुग्ने दूतावासले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्