२५ जेठ २०८३, सोमबार

शान्ति वार्ताका लागि युक्रेनको शर्त : रुसी सेना फिर्ता गर्नुपर्छ

साउन २६, २०८०
काठमाडौं
शान्ति वार्ताका लागि युक्रेनको शर्त : रुसी सेना फिर्ता गर्नुपर्छ

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता  गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि  रुससँग वार्ता गर्न सक्छौँ ।”

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले “अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू” अपनाउन चाहेको उल्लेख गरे । 

गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्