११ असार २०८३, बिहीबार

आज इन्दिरा एकादशी, यसरी पूजा गर्दा पितृ हुनेछन् खुशी

कात्तिक २०, २०७४
आज  इन्दिरा एकादशी, यसरी पूजा गर्दा पितृ हुनेछन् खुशी

काठमाडौं, ३१  भदौ — आश्विन कृष्ण एकादशीलाई इन्दिरा एकादशी भनी चिनिन्छ । यो एकादशीको व्रत बस्दा मनुष्यको सात पुस्ता तर्ने मान्यता छ ।


एकादशीको दिन गरिएको दानपुण्यबाट पितृहरू प्रसन्न हुन्छन् र परिवारका सदस्यलाई आशीर्वाद दिन्छन् । ठूलाठूला पाप पनि एकादशीको व्रतले नष्ट गरिदिन्छ । पुण्य कर्मको प्रभावले प्रभुको परमधाम पुगिन्छ ।

कुनै कारणले पितृको सद्गति हुन सकेको छैन भने एकादशी व्रत वरदान नै हुन्छ ।

एकादशीको दिन बिहान सूर्योदय भएपछि नित्य क्रियाहरूबाट निवृत्त भएर हातमा जलको लोटा लिएर व्रत संकल्प गर्नुस् । त्यसपछि भगवान् शालिग्रामलाई तुलसी दलबाहेक धूप, दीप, पुष्प, फल र नैवेद्य आदि लिएर विधिवत् पूजा गर्नुस् । दिउँसो ब्राह्मणहरूलाई बोलाएर भोजन गराउनुस् र उनीहरूलाई दक्षिणा तथा फल दिएर बिदा गर्नुस् ।

श्राद्ध यही दिन परेको छ भने अन्नमय पिण्ड सुँघेर गाईमा खुवाउनुस् । आफूले भने फलाहार गर्नुस् ।

दिनमा अल्छी नगर्नुस् ।

राति जागरण गर्नुस् । जागरण र संकीर्तनको लाभ अत्यधिक छ । भोलिपल्ट द्वादशी तिथिमा व्रत पारायण गर्नुस् । आफूले एकादशी व्रत बसेको कुरा सुनाउँदै नहिँड्नुस् ।

salt training

कमेन्ट गर्नुहोस्