१६ असार २०८३, मंगलबार

नक्कली प्रमाणपत्रका थप आरोपी खोज्दै सीआईबी : आइतवारसम्ममा १५ जना पक्राउ पर्न सक्ने

साउन २६, २०८०
काठमाडौं
नक्कली प्रमाणपत्रका थप आरोपी खोज्दै सीआईबी : आइतवारसम्ममा १५ जना पक्राउ पर्न सक्ने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नक्कली प्रमाणपत्रधारीहरूविरुद्ध अनुसन्धान थप सशक्त बनाएको जनाएको छ ।

सीआईबीले अपरेसन 'फोक्सट्रोट चार्ली'अन्तर्गत ७ जना डाक्टरलाई पक्राउ गरिसकेको छ । यस क्रममा आइतवारसम्म १५ जनालाई पक्राउ गर्ने गरी सीआईबीले अनुसन्धानलाई तीव्र बनाएको छ ।

‘प्रमाणपत्र कीर्ते गर्नेविरुद्ध भ्यालीबाहिर पनि अपरेसन चलाइरहेका छौं । पक्राउ परेकालाई काठमाडौं पनि ल्याइरहेका छौं,’ सीआईबी उच्च स्रोतले भन्यो, ‘आइतवारसम्म १५ जना पक्राउ गर्ने लक्ष्य छ । त्यसपछि मात्र आइतवार पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछौं ।'

भारतबाट आईएस्सीको नक्कली प्रमाणपत्र ल्याएको पाइएको भन्दै सीआईबीले कांग्रेस सासंद सुनिल शर्मासहित ७ जनालाई पक्राउ गरिसकेको छ । 

साथै महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्