१७ असार २०८३, बुधबार
जसपा सरकारमा सहभागी

कोशी प्रदेशमा जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त

साउन २६, २०८०
काठमाडौं
कोशी प्रदेशमा जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त

कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।

जसपाकी एक्ली प्रदेश सांसद लिम्बूले  शुक्रवार शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक/एक जना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् । 

तत्कालीन मुख्यमन्त्री हिकमतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन्त्री थिइन् । गत जेठ १७ मा उनले पदबाट राजीनामा दिएकी थिइन् ।

पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बनेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्