×

NMB BANK
NIC ASIA

निर्देशनमा 'कमब्याक'

जीवन भोगाइबाट आएको कथामा गणेशदेवले बनाएको फिल्म ‘जुलेबी’

काठमाडाैं | साउन २७, २०८०

NTC
Premier Steels

‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘गाँजाबाजा’ जस्ता अलग स्वादका फिल्म बनाएका निर्देशक हुन् गणेशदेव पाण्डे । 

Muktinath Bank

केही वर्ष निर्देशनबाट टाढा रहेका उनी फेरि नयाँ फिल्म लिएर फर्किएका छन् । पाण्डेको लेखन समेत रहेको फिल्म ‘जुलेबी’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो फिल्म ७ जना पात्रहरूको व्यक्तिगत जीवनमा घटेका ५ वटा घटनाहरूको कथामा निर्माण भएको निर्देशक पाण्डे बताउँछन् । 


Advertisment
Nabil box
Kumari

सार्वजनिक टिजर र ट्रेलर हेरेपछि धेरैले यसलाई यौन मनोविज्ञानमा आधारिक फिल्म भनेका छन् । पाण्डे भने फिल्मलाई यौन मनोविज्ञानमा आधारित भन्न रुचाउँदैनन् ।
 
‘पात्रहरूले सम्बन्धमा पर्न र सम्बन्धबाट बाहिर निस्किन गरेको संघर्षको कथा हो । यसलाई यौन मनोविज्ञानमा आधारित फिल्म नभनौं,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘फिल्ममा एउटा पार्टका रूपमा भने ‘इन्टिमेट सिन’हरू छन् ।’ 

Vianet communication

सम्बन्धहरू सधैं सहज र सरल नहुने उनी बताउँछन् । कहिलेकाहीँ सहजै नदेखिने खालका सम्बन्धहरू समेत भइरहेका हुन्छन् । कल्पना गरिएकोभन्दा बाहिरका सम्बन्धहरू पनि कहिलेकाहीँ स्थापित हुन सक्छन् । ‘जुलेबी’ले सोही खालका सम्बन्धहरू पेस गर्ने निर्देशक पाण्डेले बताए ।

फिल्ममा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा र तुफान थापा गरी ७ जना कलाकार शीर्ष भूमिकामा छन् ।
 
पुरुष पात्रले महिलाप्रति राखेको आकर्षण फिल्ममा फरक–फरक तरिकाको छ । यता ४ जना महिला पात्रको आफ्नै जीवनशैली छ । उनीहरूको आफ्नै चाहनाहरू छन् । महिला पात्रहरूको एउटा सम्बन्धबाट मुक्त भएर अर्को सम्बन्धमा जाने संघर्षको कथा फिल्मले पेश गर्छ ।

फिल्मका पात्रहरूलाई जोड्ने काम भने रत्नपार्कले गरेको छ । रत्नपार्ककै वरिपरि फिल्मको कथा घुम्ने निर्देशक पाण्डेले बताए । 

व्यक्तिगत जीवन भोगाइबाट आएको कथा

‘जुलेबी’ आफ्नो व्यक्तिगत जीवनबाट आएको कथामा बनाएको निर्देशक पाण्डे सुनाउँछन् । विभिन्न समयमा आफूसँग जोडिएका महिला पात्रहरूलाई सम्झिएर कथा भनिएको उनले बताए । 

‘जीवनमा मैले जुन–जुन महिला पात्रहरू भेटें । जो–जो महिलाहरूसँग मेरो अट्र्याक्सन भयो । त्यसमा पनि सरल र सहजभन्दा फरक खालका सम्बन्धहरूले तान्थ्यो,’ उनले भने, ‘ती कुराहरूबीच म आफैंभित्र द्वन्द्व थियो होला सायद । त्यही द्वन्द्वबाट उत्पन्न भएको कथा हो जुलेबी ।’ 

null

निर्देशक पाण्डे यो राम्रो व्यापार गर्ने सम्भावना बोकेको फिल्म भएको बताउँछन् । ‘राम्रो कन्टेन्टमा फिल्म बनाएका छौं । यसले दर्शकलाई फरक स्वाद दिन्छ । फिल्मबारे जानकारी दिन सकियो भने राम्रो हुन्छ भन्ने विश्वास छ,’ उनले भने । 

‘सेन्सरशिप खारेज हुनुपर्छ’

यसअघिको फिल्म ‘गाँजाबाजा’मा नामका कारण निर्देशक पाण्डेले झमेला व्यहोर्नुपरेको थियो । यसपटक फिल्म ‘जुलेबी’लाई लिएर पनि सेन्सरमा झमेला आउन सक्ने संकेत कतिपयले गरेका छन् । निर्देशक पाण्डेले भने फिल्मको सेन्सरलाई लिएर आफूमा कुनै डर नभएको बताए । उनी सिर्जनामा सेन्सरशिप हुनुहुँदैन भन्ने अडान राख्छन् र यसमा सेन्सरले दुःख नदेओस् भन्ने चाहन्छन् । 

‘सिर्जनामा सेन्सरशिप हुनुहुँदैन । समाजलाई खुल्न दिनुपर्छ । झन् विकृति कम हुन्छ,’ उनी भन्छन्, ‘सेन्सरशिप खारेज हुनुपर्छ । सेन्सरशिप भनेको प्रजातन्त्रको विपक्षी कुरा हो । जब अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार हो भनिरहेको अवस्थामा यो गर्न पाउँदैनस् भन्नु भनेको संविधानकै विपरीत कुरा हो ।’

फिल्म अभिव्यक्ति स्वतन्त्रताको माध्यम भएको बताउँदै अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेपले आफूजस्ता फिल्मकर्मीहरू हतोत्साही हुनुपरेको उनले बताए ।

निर्देशक पाण्डे समाजका नकारात्मक पाटोहरू पनि फिल्ममार्फत भनिनुपर्ने धारणा राख्छन् । उनी आउँदा दिनमा पनि फरक खालका फिल्महरू निर्माण गर्ने बताउँछन् । पछिल्लो समयका दर्शक फिल्म मेकरभन्दा पनि ट्यालेन्ट भइसकेका उनको बुझाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x