
मकवानपुरको भीमफेदीमा पहिरोले एक घर र पसल पुरेको छ ।
भीमफेदी गाउँपालिका–२ मा भैँसे–पालुङ्ग सडकमा माथिबाट खसेको पहिरोले एक घर र पसल पुरिनुका साथै सडक पनि अवरुद्ध बनेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार मध्य पृतना र कालीप्रसाद गण (ई)बाट खटिएको नेपाली सेनाले अवरुद्ध सडक सञ्चालनका लागि सहयोग गरिरहेको छ ।
साथै सेनाले घर तथा पसलमा भएको सामान सुरक्षित स्थानमा सारेको छ ।
यसअघि सोही स्थानमा सुक्खा पहिरो खस्दा ढुङ्गाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको थियो ।
