×

NMB BANK
NIC ASIA

राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं | साउन २७, २०८०

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

Muktinath Bank

पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्ट सिद्धान्तमा वैज्ञानिक समाजवादको मार्गदर्शन रहेकाले वामपन्थी शक्ति संवेदनशील हुनुपर्ने बताउँदै उनले विश्वका धेरै मुलुकमा अहिले कम्युनिस्ट सिद्धान्त लोकप्रिय बन्दै गएकाले समाजवादी व्यवस्था कार्यान्वयनमा सहजता आएको विचार व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उनले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए । 

Vianet communication

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे । 

नेता खनालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताए । 

लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको उनले बताए । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x