०५ साउन २०८३, मंगलबार
एमालेको पत्रकार सम्मेलन

विद्यालाई अध्यक्ष बनाउने प्रश्नमा ओलीको जवाफ – कार्ड नै छपाए जसरी हल्लालाई मलजल नगरौं

साउन २८, २०८०
काठमाडौं
विद्यालाई अध्यक्ष बनाउने प्रश्नमा ओलीको जवाफ – कार्ड नै छपाए जसरी हल्लालाई मलजल नगरौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीका सबैको आदरणीय व्यक्तित्व भएको बताएका छन् ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार  सम्मेलनमा सञ्चारकर्मीले भण्डारीलाई एमालेको राजनीतिमा ल्याउन लागेको हो ? भन्ने प्रश्नमा ओलीले भण्डारी सबैको आदरणीय नेता भएको बताएका हुन् ।

‘विद्या भण्डारी हाम्रो पार्टीको उपाध्यक्ष भइसकेको आदरणीय व्यक्तित्व हो । विष्णु पौडेलले मात्रै होइन मैले र अरूले पनि कुरा गरेका छौं’ ओलीले भने, ‘कार्ड नै छपाएर निम्ता गरेको भन्ने हल्ला आए तर यस्तो मलजल नगरौं ।’

तर ओलीले विद्या भण्डारी एमालेको राजनीतिमा आउन सक्ने विषयलाई नकारेनन् ।

salt training

कमेन्ट गर्नुहोस्