१७ असार २०८३, बुधबार

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

साउन २८, २०८०
काठमाडौं
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ अन्तर्गत छात्रवृत्ति प्रधान गरिएकोे रिद्धि सिद्धि सिमेन्टले जनाएको छ ।

कम्पनीका अनुसार छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम समेत आयोजना गरेको थियो । 

यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए  ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद  १० हजार १ रुपैयाँ  प्रदान गरिएको थियो ।

छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।

आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व अन्तर्गत मकवानपुरलाई लक्षित गरी सिमेन्टले छात्रवृत्ति वितरण गरेका हो ।

null

salt training

कमेन्ट गर्नुहोस्