०४ असार २०८३, बिहीबार

यो ठाउँमा हरेक महिना निस्कन्छ ६० किलो सुन, भइरहेछ चोरीपैठारी

कात्तिक २०, २०७४
यो ठाउँमा हरेक महिना निस्कन्छ ६० किलो सुन, भइरहेछ चोरीपैठारी

काठमाडौं, १ असोज — ब्राजिलको क्रेपुरिजाओ नामक स्थानमा प्रत्येक महिना ६० किलो सुन निस्कन्छ । कैयौं वर्षदेखि यहाँका गाउँलेहरू गैरकानूनी रूपमा सुन उत्खनन गरिरहेका छन् ।


अमेजन जंगलको नदीनजिक रहेको यो सुनखानीबाट सुन निकाल्ने गाउँलेलाई रोक्न प्रहरीसमेत असमर्थ छ ।

सुनखानीको नाम रेन्सा हो र यहाँ हजारौं आदिवासीहरू बस्छन् ।

पाँच वर्ष अघिसम्म यहाँका मानिस माछा पक्रेर जीवन चलाउँथे । तर सुनखानी पत्ता लागेपछि सबैजना सुन खन्न थाले ।

एक पत्रकारले यहाँका तस्वीरहरू क्यामरामा उतारे र केही मानिससँग कुराकानी गरे । यसै क्रममा एक व्यक्तिले उनलाई दिनको ६० किलोसम्म सुन निकाल्ने गरेको बताए ।

सुन निकाल्नका लागि धेरै मानिसले नदीको किनारमा काठको घर बनाएका छन् ।

यसबारेमा ऊर्जामन्त्री फर्नान्डो कोएल्होसँग कुरा गर्दा उनले यी मानिसहरूलाई सरकारले लाइसेन्स दिने विचार गरेको र यसले यिनीहरूको मेहनतको पूरा पारिश्रमिक सुनिश्चित गर्ने बताए ।

अहिलेसम्म पनि खन्नेहरूले पक्राउ परिने डरले गोप्य रूपमा कम मूल्यमा दलालहरूलाई सुन बेच्ने गरेका छन् ।

त्यसो त यहाँबाट निस्कने सुन उच्च गुणस्तरको भएको मानिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्