२७ जेठ २०८३, बुधबार

एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू, क्षतिपूर्तिका लागि निवेदन आह्वान

भदौ १, २०८०
काठमाडौं
एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू, क्षतिपूर्तिका लागि निवेदन आह्वान

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत एमसीए–नेपालद्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ । एमसीए–नेपालले सम्झौताअनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहणको प्रक्रिया थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।

 सूचना प्रकाशित भएको २१ दिनभित्र सरोकारवालाहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्