२८ जेठ २०८३, बिहीबार

रास्वपा कोशी प्रदेश अधिवेशन- सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

जेठ २७, २०८३
विराटनगर
रास्वपा कोशी प्रदेश अधिवेशन- सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबारदेखि शुरू भएको अधिवेशनमा सभापति पदका लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश कोषाध्यक्ष चन्द्र राई, चन्द्रकुमार गौली र खगेन्द्र कटुवालले उम्मेदवारी दर्ता गराएको छ । चुनावी मैदानमा रहेका चार जनामध्ये तामाङ र राईलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कूल ६१ सदस्यीय हुनेछ । आजको मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिनेछ ।

निर्वाचन समितिले मतदानको समय बुधबार साँझ ६ बजेका लागि तय गरेको छ । रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला भेला तथा अधिवेशन सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्