२५ जेठ २०८३, सोमबार

थवाङ गाउँपालिकाका अध्यक्ष ४० घण्टापछि अपहरणमुक्त

कात्तिक २०, २०७४
थवाङ गाउँपालिकाका अध्यक्ष ४० घण्टापछि अपहरणमुक्त

रोल्पा, १ असोज– गत बिहीवार राति अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती ४० घण्टापछि सकुसल अपहरणमुक्त भएका छन् ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणमा परेका थवाङ गाउँपालिका प्रमुख बिरबहादुर शनिबार राति करिब ९ बजेतिर अपहरणमुक्त भएका हुन् ।

विप्लवका कार्यकर्ताहरुले अध्यक्ष घर्तीलाई स्थानीय पत्रकारको रोहवरमा अपहरणमुक्त गरेका हुन् । रोल्पा नगरपालिका १० धवाङ भनभनेबाट घर्तीलाई पत्रकारको जिम्मा लगाइएको हो ।

अपहरणमुक्त भएका घर्ती राति ११ बजे स्थानीय प्रशासनको सम्पर्कमा आएका थिए ।

अपहरणमुक्त भएका घर्तीले थवाङबाट अपहरण गरी आफूलाई जंगलको बाटो पहाडै पहाड दिनरात हिडाएर धवाङको भनभने ल्याएको बताए ।

थवाङको पहिलो गाउँसभामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड आउनबाट रोक्न आफूलाई अपहरण गरिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । उनीहरुले आफूलाई गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिन पनि दवाव दिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्