
धनुषा, १ असोज– धनुषामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
गएराति धनुषाको नगराइन नगरपालिका–८ अकौरामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् ।
शनिवार राति करिब १२ बजे चुनावका विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिँदा झड भएको हो ।
झडपमा एमालेका कार्यकर्ता २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्षका अविन्द्र पासवान घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।