×

NMB BANK
NIC ASIA

सांसद श्रेष्ठको आग्रह– सम्पदा क्षेत्रमा राजनीति नगरौँ

काठमाडाैं | भदौ १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभाका सांसद बिराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज काठमाडौंमा आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए ।

Muktinath Bank

आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उनले अरु दललाई पनि यसमा ध्यान दिन आह्वान गरे । हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाए । पहिलेका जनप्रतिनिधिले जस्तो सम्पदामा राजनीति नगरी काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ ले देशभरका सम्पदा संरक्षणका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले चित्रकलाका माध्यमबाट सम्पदा र संस्कृतिको संरक्षणमा लाग्नुभएका हरिप्रसाद शर्माको चित्रकारिताले हनुमानढोका दरबार क्षेत्रलाई विश्वसामू चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरे । वरिष्ठ कलाकार शर्माले नेपाल देश भूगोलले सानो भए पनि इतिहास र संस्कृतिका दृष्टिले विशाल रहेको बताए । आफ्नो ब्रह्मले देखेका १३ चित्र सङ्ग्रहालयका लागि योगदानस्वरुप दिएको उनले कार्यक्रममा सुनाए । ती चित्र ६ महिनासम्म हनुमानढोका दरबार क्षेत्रमा अस्थायी प्रदर्शनीमा राखिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालका सचिव भरतमणि सुवेदीले भक्तपुर र ललितपुर जिल्लाका सम्पदाका तुलनामा काठमाडौँका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्दै अब पुनःनिर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाए । पुर्खाले बनाइदिएका सम्पदा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु पनि चुनौतीपूर्ण रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा अहिले पुनःनिर्माणको चरणमा रहेको जानकारी दिए । केही सम्पदा अझै पुनःनिर्माण सुरु हुन नसकेको भनाइ राख्दै उनले आगम्छे घर चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गरिने प्रतिबद्धता जनाए । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका ८८ वटा मुख्य चित्रको पुस्तक प्रकाशन भएपछि मध्यकालको संस्कृतिका धेरै विषयमा थाहा पाउन सकिएको पनि महानिर्देशक प्रधानाङ्गले उल्लेख गरे ।

कार्यक्रममा स्मारिकाका सम्पादक प्राडा प्रेमकुमार खत्री, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्य सचिव सन्दीप खनाललगायतले हनुमानढोका दरबार क्षेत्रका सम्पदा र यसको संरक्षणमा भएका गतिविधिका बारेमा प्रकाश पारेका थिए । -रासस-

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x