
विश्वविजेता अर्जेन्टिनी डिफेन्डर गोन्जालो मोन्टियलमाथि दुई इंग्लिस क्लबले चासो देखाएका छन् ।
इंग्लिस प्रिमियर लिग खेलिरहेका फुलहम र एस्टन भिल्लाले स्पेनिस क्लब सेभियाका डिफेन्डर मोन्टियललाई अनुबन्ध गर्न चासो देखाएको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको वेब साइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ ।
दुई इंग्लिस क्लब २६ वर्षीय विश्वविजेता खेलाडीलाई अनुबन्ध गर्न हानथाप गरिरहेको उक्त वेब साइटको दाबी छ ।
गत वर्ष कतारमा अर्जेन्टिनाले विश्वकप जित्दा मोन्टियलले निर्णायक पेनाल्टी प्रहार गरेका थिए । उनी सन् २०२१ मा अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट सेभिया सरुवा भएका हुन् ।