२६ जेठ २०८३, मंगलबार

चार वर्षे स्नातक तहमा भर्ना खुल्यो [सूचनासहित]

भदौ २, २०८०
काठमाडौं
चार वर्षे स्नातक तहमा भर्ना खुल्यो [सूचनासहित]

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय डीनको कार्यालयले चार वर्षे स्नातक तहमा भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ । 

शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तह (चार वर्षे बीएड) प्रथम वर्षमा नयाँ भर्ना हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा समग्रमा सी प्लस प्राप्त वा सो सरहको अङ्क प्राप्त गरेका विद्यार्थीहरूले सम्बन्धित क्याम्पसमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

आवेदन फाराम भदौ १ देखि असोज २१ र भर्ना मिति कात्तिक २४ का लागि तोकिएको त्रिविले जनाएको छ । साथसाथै कक्षा सञ्चालन भने मङ्सिर ५ देखि हुने जनाइएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्