०४ असार २०८३, बिहीबार

स्वयम्भू परिक्रमामार्गमा एकतर्फी सवारी साधन सञ्चालन

कात्तिक २०, २०७४
 स्वयम्भू परिक्रमामार्गमा एकतर्फी सवारी साधन सञ्चालन
 
काठमाडाैं, १ असोज- विश्व सम्पदा क्षेत्रमा सूचिकृत स्वयम्भू महाचैत्यको परिक्रमामार्गमा आज असोज १ गतेवाट एकतर्फी सवारी साधनमात्र गुड्न पाउने नियम लागू भएको छ ।

सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको पहलमा महानगरीय ट्राफिक प्रहरी वृत्त स्वयम्भु र सडक डिभिजन कार्यालय काठमाण्डौंले उक्त मार्गमा एकतर्फी सवारी साधनमात्र गुडाउन पाउने नियम लागू गरेको छ ।

आज एक समारोहका वीच नागार्जुन नगरपालिकाका मेयर मोहन वहादुर वस्नेतले हाल यातायातको वढ्दो चापलाई मध्यनजर राखी लागू गरेको यस नियमले केही समय असहज स्थिति देखापरे पनि भावी दिनमा सहज हुने विचार व्यक्त गर्नु भयो । सामुदायिक सेवा मञ्चले आउदै गरेको विजयादशमी दीपावली ने.स. ११३८ र छठ पर्वको अवसर पारेर वृहत जलपान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्