
नेपालको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको रियालिटी शोको टाइटल नेपाल बाहिर पुगेको छ । १/१ करोड राशिको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि क्रमशः प्रितम राई (सिक्कम, भारत) र खुसी कार्की (थाइल्याण्ड)ले जितेका हुन् ।
विश्वभरका नेपालीभाषीहरुलाई समेटेर गरिएको प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको थियो ।
टप पाँच फाइनालिस्टमध्ये बढी भोट पाएको आधारमा राई मेरो भ्वाइस युनिभर्स विजेता घोषित भएका हुन् । उनले नगद रु १ करोडसहित विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् ।
यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् ।
यसैगरी डान्सतर्फ विजेता बनेकी थाइल्याण्डकी खुसी कार्कीले पनि १ करोड नगद र विभिन्न गिफ्ट ह्याप्पर पाएकी हुन् ।
यस्तै प्रतियोगितामा सेकेण्ड रनरअप मिङ्मा डी लेप्चा र फस्ट रनरअप देवी गर्बुजा मगर बनेको जानकारी दिइयो ।
यस्तै थर्ड रनरअप स्वस्तिक परियार र फोर्थ रनर अप मेसन मगर बने ।
यस्तै कल्चरल ग्रुप डान्समा सेकेन्ड रनरअप भारती क्चिेर्स ग्रुप बन्यो । यस्तै फर्स्ट अनरअप धरान नृत्यकला प्रतिष्ठान बन्दा नेपाल पुलिस टीम विजेता बनेको घोषणा गरियो ।